Breaking News

प्रदेश लोक सेवा आयोग गठन गर्न ढिलाइ गरेकोमा असन्तुष्टि

काठमाण्डौ, १४ कार्तिक ।

लोक सेवा आयोगले प्रदेश लोक सेवा आयोग गठन गर्न ढिलाइ गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानूनसमेत निर्माण नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश लोक सेवा आयोगको गठनमा ढिलाइ हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको पनि स्पष्ट पारे ।

अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन आवश्यक आधार र मापदण्ड तय गरिएको पनि जानकारी दिए ।

आयोगका अध्यक्ष मैनालीले योग्यतम कर्मचारी छनौट गर्ने आफ्नो दायित्वलाई आयोगले सफलतापूर्वक पूरा गरिरहेको दाबी पनि गरे ।

shares