Breaking News

अाठ लाख मूल्य बराबरकोे सामान बरामद

पकंज शर्मा/झापा, १४ कार्तिक ।

सशस्त्र प्रहरीले झापाको विभिन्न स्थानबाट ८ लाख मूल्य बराबरकोे सामान बरामद गरेको छ । सादा पोशाकमा खटिएका प्रहरीले उक्तमूल्य बराबरको कपडा, पटाका र खाद्य किराना सामान बरामद गरेको सशस्त्र प्रहरी बल गण–२ झापाले जनाएको छ ।

प्रहरीले बरामद गरेको सामानलाई आज सार्वजानिक गरेको हो । भारतीय रेडिमेड तथा सुटिंगका कपडासहित ६५ हजार मूल्य बराबरको पटका समेत बरामद गरी नष्ट गरिएको छ ।

नेपाल भारतको सीमामा राखेर नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडालाई नियन्त्रणमा लिइएको डिएसपी ओजेस ओलीले बताए । प्रहरीलाई देख्नेबित्तकै कारोबारी भागेकोले मानिस पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

shares