Breaking News

साफ अन्डर फिफ्टिन च्याम्पियनसिपको सेमिफाइनलमा भोलि नेपाल र पाकिस्तान भिड्दै

काठमाण्डौ, १४ कार्तिक ।

साफ अन्डर फिफ्टिन च्याम्पियनसिपको सेमिफाइनलमा भोलि नेपाल र पाकिस्तान भिड्दैछन् ।

समूहको अन्तिम खेलमा बंगलादेशसँग २ – १ ले पराजित भएपछि नेपाल उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । पाकिस्तान अाफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

नेपाल र पाकिस्तानबीचको सेमिफाइनल बिहान साढे १० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । भोलि नै हुने अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्नेछन् । यो खेल दिउँसो साढे २ बजे हुनेछ ।

shares