Breaking News

”हुलाकी”मार्फत् बिष्णुहरि पौडेल नेपाली सांगीतिक क्षेत्रमा प्रवेश (भिडियो)

काठमाण्डौ, १३ कार्तिक ।

अस्ट्रेलिया निवासी नवगायक बिष्णुहरि पौडेलले गीत ‘हुलाकी’ सार्वजनिक गरेका छन् ।

अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि संगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीतमा सजिएको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाई गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश, आफन्तजन, र विशेषगरी मायालुको यादरुपी चिनो ल्याए पनि आफू भने विदेश भूमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरू भावनाभित्र मात्रै सीमित रहेको र चराले आफ्नो गुँड सम्झेर सँधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाई बिम्बात्मक रूपमा प्रस्तुत गरिएको छ ।

नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा करिश्मा ढकाल र सुमन देवकोटाको मार्मिक अभिनय रहेको छ । बुद्ध थापा र किरण भण्डारीको सिनेमाटोग्राफी, सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारी डी. ओ. पी. रहेको भिडियोलाई फाटी प्रोडक्सनले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस्-

shares