Breaking News

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डौ, १३ कार्तिक ।

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा टोटनह्याममाथि एक–शून्यको जित निकाल्दै सिटीले तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

खेलको छैठौं मिनेटमा रियाद महरेजले गरेको गोल नै सिटीको जितका लागि पर्याप्त बन्यो । १० खेलको समाप्तिमा सिटीको २६ अंक रहेको छ । गोल अन्तरमा अगाडि रहँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

दशौँ चरणको खेल समाप्तिपछि सिटी र लिभरपुलसँगै चेल्सी गरी तीन टिम अपराजित छन्। सिटी र लिभरपुलले ८ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्दा चेल्सीले ७ खेलमा जित र ३ खेलमा बराबरी खेलेकाे छ ।

shares