Breaking News

मेक्सिकोसँगको सीमामा ५ हजारभन्दा बढी सेना तैनाथ गर्ने अमेरिकी तयारी

वासिङ्गटन, १३ कार्तिक ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५ हजारभन्दा बढी सेना पठाउने भएकाे छ ।

मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा पाँच हजार दुई सय फौज सीमामा तैथान गर्न लागिएकाे हाे ।

जेनरल टेरेन्स ओसोनुसीले अपरेशन फेथफुल पेट्रिओट नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रित हुने जानकारी दिएका छन् ।

यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूले ‘अतिक्रमण’ गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताएका थिए।

गत अप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सिमानामा न्याशनल गार्डका दुई हजार एक सय सदस्य तैनाथ छन्।

नोभेम्बर ६ मा हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी अमेरिकाका दुवै राजनीतिक पक्षले आप्रवासीहरूको विषयलाई प्रयोग गरेको एकअर्कामाथि आरोप लगाइरहेका छन् ।

shares