Breaking News

रियल मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त

काठमाण्डौ, १३ कार्तिक ।

स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलियन लोपेतेगीलाई बर्खास्त गरेको छ ।

पछिल्ला खेलमा नराम्रो गर्दै आएको रियलले ला लिगामा यो सिजनको पहिलो एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा लज्जास्पद हारपछि लोपेतेगी बर्खास्त भएका हुन् ।

आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियल मड्रिड ५–१ गाेलले पराजित भएकाे थियो । रियल मड्रिडको जिम्मेवारी सम्हालेको साढे चार महिनामै लोपेतेगी बर्खास्त भएका हुन् ।

उनी विश्वकप फुटबलअघि रियल मड्रिडमा आउने पक्का गरेका थिए । त्यहीकारण स्पेनले उनलाई विश्वकप सुरु हुनु भन्दा एक दिनअघि बर्खास्त गरेको थियो । राष्ट्रिय टिमको जिम्मेवारीबाट बर्खास्त भएका लोपेतेगी क्लबले राम्रो गर्न नसक्दा फेरि बर्खास्त भएका हुन् ।

सन् २००१–०२ यताकै खराब प्रदर्शन गरेको रियल मड्रिड अहिले ला लिगामा नवौँ स्थानमा छ । रियल मड्रिडले लोपेतेगीको ठाउँमा एन्टाेनियाे काेन्टे वा सान्टियागो सोलारीलाई ल्याउने सम्भावना छ ।

shares