Breaking News

नेपाल राष्ट्र बैंकले अाज ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाण्डौ, १३ कार्तिक ।

नेपाल राष्ट्र बैंकले अाज ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ ।

राष्ट्र बैंकले ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँको र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँको गरी ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते र ३ सय ६४ दिने ट्रेजरी २०७६ कात्तिक १२ गते परिपक्क हुने छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने बढीमा एक वर्षकाे स्रोत जुटाउन यो बिल विक्री गरिन्छ ।

shares