Breaking News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

काठमाण्डौ, १३ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । अहिल्यैकाे गतिमा सुधार आएमा प्रधानमन्त्रीलाई एक दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएकाे छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकले आज बिहान पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीकाे रगत परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको बताएका छन् ।

प्रधानमन्त्रीकाे उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली खटिएको छ । डा. सायमीले प्रधानमन्त्री अाेलीकाेको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताए ।

यसैगरी सुधार हुँदै गयो भने केही दिनमै डिस्चार्ज गर्ने अस्पतालले बताएको छ । स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए ।

shares