Breaking News

गौचन हत्याका मुख्य सुटरसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक

काठमाण्डौ, १२ कार्तिक ।

महानगरीय अपराध महाशाखा काठमाण्डाै‌को टोलीले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य सुटरसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलनमार्फत मुख्य सुटर अमरबहादुर राना, लोप्साङ भन्‍ने साेम तमाङ र रोशन बुढाथोकीलाइ सार्वजनिक गरेको हो ।

उनीहरूलाई झापाबाट पक्राउ गरेकाे महाशाखाले जनाएकाे छ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याकाे एक वर्षपछि उनीहरुलाई पक्राउ गरिएकाे हाे ।

लोप्साङ लामा रुपन्देहीका युवा संघका नेता दुर्गा तिवारीको हत्या घटनाका मुख्य सुटर र बुढाथोकी गौचन हत्याका योजनाकार रहेको प्रहरीले जनाएकाे छ ।

गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्षअघि काठमाडौंमै गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको अनुसन्धानमा खुल्न अाएकाे महाशाखाको भनाइ छ ।

गौचन हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले यसअघि गुण्डानाइके समिरमान सिंह बस्नेत लगायतलाइ पक्राउ गरेकाे थियाे । ०७४ असाेज २३ मा गौचनकाे काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

सम्बन्धित समाचार-

गौचन हत्याका मुख्य सुटरसहित तीन जना पक्राउ

shares