Breaking News

इन्डोनेसियामा हवाई दुर्घटना हुँदा १ सय ८९ यात्रुको मृत्यु

जाकार्ता, १२ कार्तिक ।

इन्डोनेसियामा हवाई दुर्घटना हुँदा १ सय ८९ यात्रु हताहत भएका छन् ।

राजधानी जाकार्ताबाट इन्डोनेसियाकै अर्को सहर प्याङ्कल पिनाङका लागि उडेको लायन एयरको ७ सय ३७ बोइङ जहाज उड्ने बित्तिकै समुद्रमा खसेको हो ।

तत्काल खटिएका उद्धार टोलीका सदस्यले यात्रुका केही सामाग्री फेला पारेको भए पनि कोही जीवित भेटिने संकेत नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई महिना अघिदेखि मात्र सञ्चालनमा अाएको उक्त नयाँ जहाज कसरी दुर्घटनामा पर्‍यो भन्ने बारे केही खुलेको छैन ।
जहाज समुद्रमा ३० देखि ४० मिटर गहिराइसम्म पुगेको खोज तथा उद्धार टोलीका प्रवक्ता युसुफ लाटिफले जनाएका छन् ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव निकाल्ने काम भइरहेको र मृतकका अाफन्तलाई शव पहिचानका लागि अस्पताल जान भनिएको छ ।

shares