Breaking News

सरकारले चिया तथा कफी खेतीको प्रवर्द्धनमा व्यवसायीहरूलाई सहयोग गर्ने

काठमाण्डौ, १२ कार्तिक ।

सरकारले चिया तथा कफी खेतीको प्रवर्द्धनमा व्यवसायीहरूलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवर्द्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोमबार चीनको सिजुवान प्रान्तका चिया व्यवसायीहरूसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने आश्वासन पनि दिए ।

मन्त्री खनालले नेपालको चिया तथा कफीको विकासमा चीनको सहयोगको पनि अपेक्षा गरिएको पनि स्पष्ट पारे । उनले नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको चियाको विकासमा सरकारपछि परेको स्वीकार गर्दै अब त्यसलाई अगाडि बढाउन व्यवसायीहरूसँगै सहकार्य गरेर अघि बढ्ने योजना पनि सार्वजनिक गरे ।

कार्यक्रममा चिनियाँ कलाकारहरूले चियाको आवश्यक्ता र औचित्य समेटिएको कला पनि प्रस्तुत गरेका थिए ।

shares