Breaking News

गायिका एन्जिलाको नयाँ मर्मस्पर्शी एल्बम ‘मेरि आमा’ सार्वजनिक

काठमाण्डौ, १२ कार्तिक ।

गायिका एन्जिला गौचनले आफ्नो आमाको एक वर्षको पुण्य तिथिको अवसर परेर आमाको सम्झनामा एक मर्मस्पर्शी गीत सार्वजनिक गरेकी छिन् ।

‘आमा तिमी कहाँ गयौ कहाँ कहाँ हामीलाई रुवाएर’ भन्दै आफ्नी स्वर्गीय आमा भिम कुमारी गौचन प्रति समर्पित गर्दै गाएकी गीतले जो कोहीको पनि आँखा रसाउन सक्छ ।

गत वर्ष आमा गुमाएकी एन्जिलाले आफ्नो आमाको यादले घरी-घरी सताइरहँदा आमालाई समर्पण गर्दै गीत गाएकी बताइन् ।

कार्तिक ९ गते आमाको पुण्यतिथिकै दिन उनले युट्युबमार्फत लिरिकल भिडियो बनाएर उक्त गीत सार्वजनिक गरेकी हुन्।

गीतलाई प्रमोद शेरचनले लेखेका हुन् भने शिलाबहादुर मोक्तानले संगीत गरेका छन् । उनको यस लिरिकल भिडियोलाई अनन्त सापकोटाले तैयार पारेका हुन् ।

हेर्नुहोस् लिरिकल भिडियो-

shares