Breaking News

राखेपका पूर्व-उपाध्यक्ष एवम् नेकपाका नेता मास्केको आज अन्त्यष्टि गरिंदै

काठमाण्डौ, १२ कार्तिक ।

गएकाे शनिबार निधन भएका राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष एवम् नेकपाका नेता सीताराम मास्केको आज अन्त्यष्टि गरिंदैछ ।

श्रदाञ्जलिको लागि मास्केकाे पार्थीव शरीर बिहान ८ बजेदेखि ११ बजेसम्म धूम्बाराहीस्थित नेकपा कार्यालयमा राखिएको थियो । मास्केको पार्थिव शरीरमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मास्केको शनिबार ७१ वर्षका उमेरमा मस्तिष्क सम्बन्धी रोगबाट निधन भएको थियो ।

विसं २०४४ मा भएको तत्कालीन काठमाडौ नगरपञ्चायतको निर्वाचनमा उनी नेकपा (माले) का तर्फबाट प्रधानपञ्चका लागि उम्मेद्वार भएका थिए । शिक्षण पेशामा रहेका मास्के नेपाल खेलकूद परिषद्का उपाध्यक्ष पनि थिए ।

मास्केका श्रीमती, ४ छोरा र ४ छोरी छन्।

shares