Breaking News

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ, १२ कार्तिक ।

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा रियल म्याड्रिडमाथि माथि पाँच–एकको शानदार नतिजा निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ११औं मिनेटमा नै फिलिपे काउटिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता बनायो । ३०औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै बार्साको अग्रता दोब्बर पारे ।

रियलका तर्फबाट ५०औं मिनेटमा मार्सेलोले गोल गरेपछि खेल दुई–एकको स्थितीमा पुग्यो । त्यसपछि बार्साले लगातार तीन गोल गर्न सफल भयो । उसका लागि ७५औं र ८३ औं मिनेटमा गोल गर्दै स्वारेजले ह्याट्रिक पूरा गरे ।

८७औं मिनेटमा अर्टुरो भिडालले हेडमार्फत गोल थपेपछि बार्साले समग्रमा पाँच–एकको अग्रता लियो । त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन । १० खेलको समाप्तिमा बार्सिलोनाको २१ अंक रहेको छ ।

ला लिगाकै अन्य खेलमा अलाभेसले भिल्लारियाललाई तथा सेभियाले ह्यूसेकालाई समान दुई–एक गोल अन्तरले पराजित गरे । त्यस्तै अर्को खेलमा गेटाफेले रियल बेटिसलाई दुई–शून्यले हरायो ।

shares