Breaking News

टिपर दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डौ, १२ कार्तिक ।

रसुवाको कालिका गाउँपालिका-४ अम्बासमा गएराती टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । चालकसहित ३ जना घाइते भएका छन् ।

बेत्रावतीबाट बालुवा लोड गरी पारच्याङका लागि छुटेकाे बा ४ ख ८३६६ नम्बरको टिपर दुर्घटनामा नौकुण्डा गाँउपालिका-३ का ४० बर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङकाे मृत्यु भएकाे हाे ।

घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका-३ का २१ बर्षीय जिव राम थोक्रर ट्रिपरमा सवार ३५ वर्षीय सार्की लामा र उनका ११ वर्षीय छोरा अदित तामाङलाई उपचारको लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल ल्याइएको छ ।

shares