Breaking News

राष्ट्रपति भण्डारी अाज कतारको औपचारिक भ्रमणमा जाँदै

काठमाण्डौ, १२ कार्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अाज कतारको औपचारिक भ्रमणमा जाँदै छिन् ।

कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी अाज बिहान पाैने १२ बजे कतार प्रस्थान गर्नेछिन् ।

भाेलि राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरूमा छलफल हुने बताइएको छ ।

भाेलि नै ‘नेपालमा व्यापार र लगानीको अवसर’ विषयक एक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा राष्ट्रपति भण्डारीले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्स (युएई)को भ्रमण गरेकी थिइन् ।

shares