Breaking News

नेकपा स्थायी समितिको बैठक स्थगित

काठमाण्डौ, १२ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आगामी १३ र १४ गते बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ ।

सोमबार पार्टी महासचिव विष्णु पौडेलले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए ।

१३ र १४ गते बस्ने बैठकमा तल्लो तहको कमिटी एकता टुङ्गो लगाउने, सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन थप छलफल गर्ने तयारी थियो । त

ल्लो तहको एकीकरण टुङ्गो लगाउने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न नेकपाले दुई सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

shares