Breaking News

प्रदेश दुईको हालसम्मको खर्च कुल बजेटको १ प्रतिशत मात्रै

जनकपुर, ११ कार्तिक ।

चालू आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा प्रदेश दुईले कुल बजेटको १ प्रतिशत रकम पनि खर्च गर्न सकेको छैन ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश २ मातहातका सातवटै मन्त्रालयले प्रथम चौमासिकको अहिलेसम्म चालू र पूँजीगत् गरी २० करोड रकम खर्च गरेका छन् ।

चालू अार्थिक वर्षका लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार बजेट विनियोजन गरिएको थियो । जसमध्ये चालू खर्च १७ करोड र पूँजीगत खर्च २ देखि ३ करोडको हाराहारीमा रहेको प्रदेश लेखा नियन्त्रक बिनोद गेलालले जानकारी दिए ।

५ हजार कर्मचारीको माग गरेकोमा संघीय सरकारले दश प्रतिशत मात्रै कर्मचारीमात्र उपलब्ध गराउँदा विकास बजेट खर्च गर्न समस्या भएकाे प्रदेश दुई सरकारका प्रवक्ता ज्ञानकुमार यादवको गुनासाे छ ।

shares