Breaking News

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पदमुक्त

काठमाण्डौ, ११ कार्तिक ।

सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उपाध्यायलाई बर्खास्त गरेको हो । त्यस्तै बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेकाे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । राष्ट्रपतिले सोमबारदेखि कार्तिक १५ गतेसम्म कतारको भ्रमण गर्दै छिन् ।

बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

shares