Breaking News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाण्डौ, ११ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

रुघाखोकी र ज्वरोका कारण दुई दिनदेखि नियमित भेटघाट र बैठकबाटसमेत टाढा रहेका ओलीको ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा सुधार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा सुधार भइरहेको र आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुने जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको थियो । अस्वस्थका कारण प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएनन् ।

shares