Breaking News

अमेरिकामा ११ जना यहुदीको हत्या

पिट्सबर्ग, ११ कार्तिक ।

अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एक बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु भएकाे छ । घाईते भएका दुई जनाकाे अवस्था गम्भीर छ ।

४६ वर्षीय रोबर्ट बोवर्सले यहुदी प्रार्थनाघर ट्री अफ लाइफमा शनिबार प्रार्थना भइरहँदा गोली हानेर उनीहरूकाे हत्या गरेका हुन् । बन्दुकधारी बोवर्सलेलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । सङ्घीय अभियोजनकर्ताहरुले निशृंश हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्ड समेत हुनसक्ने बताएका छन् ।

अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणमाथि गोली चलाएर भएको आमहत्याको भर्त्सना गरेका छन् ।

उक्त हत्याकाण्डको जर्मन चान्सलर एन्जेला मर्केल, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समेतका नेताहरूले निन्दा एवं भर्त्सना गरेका छन् ।  आक्रमणमा घाइते भई उपचार गराइरहेका दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

shares