Breaking News

ग्रीसमा भूकम्प

ग्रीस, ९ कार्तिक ।

ग्रीसमा शुक्रबार बिहान ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । जाकिन्थोस द्वीपको दक्षिणी भागमा केन्द्र बनाएर गएको उक्त भूकम्प पश्चिम ग्रीसभरि महसूस गरिएको थियो । उक्त स्थान पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा पर्दछ ।

युरोपेली भूमध्यसागरीय भूगर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु प्रभावित क्षेत्रको आसपासमा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

हालसम्म यस भूकम्पबाट कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको भएतापनि स्थानीय बन्दरगाह र १३ अौं शताब्दीमा निर्मित गुम्बामा क्षति पुगेको जनाइएको छ । भूकम्पपछि थुप्रै पराकम्पहरूको महसूस गरिएको छ भने विद्यालयहरू पनि एक दिनको लागि बन्द गरिएका छन् ।

shares