Breaking News

गृहमन्त्रीद्वारा विमानस्थल निरीक्षण

काठमाण्डौ, ९ कार्तिक ।

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको आज निरीक्षण गरेका छन् ।

अध्यामगन कार्यालयबाट हुने गरेको सेवामा कर्मचारीहरूले गर्ने व्यावहार तथा कर्मचारी अनुपस्थित हुने लगायतको विभिन्न कुरा बाहिर आएपछि आज गृहमन्त्री थापा, गृहसचिव, प्रहरी महानिरीक्षकसहितको टोलीले अगुगमन गरेका हुन् ।

गृहमन्त्री थापाले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसी टिभी क्यामेरा अनुगमन डेस्कलगायतका विषयमा तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै सेवा चुस्त दुरुस्त राख्न सबैलाई निर्देशन दिएको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए ।

गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशील हुन र सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीलाई निर्देशन दिएको पनि गृहसचिव राईले जानकारी दिए ।

shares