Breaking News

ऐनमा देखिएका दोहोरोपन तत्काल हटाउन ध्यानाकर्षण

काठमाण्डौ, ९ कार्तिक ।

नेपाल कानून आयोगले विद्यमान ऐनमा देखिएका दोहोरोपन तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आज आयोजना गरेको ऐन कार्यान्वयन मापनसम्बन्धी छलफलमा आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले विद्यमान ऐनमा बाझिएका कानुनी प्रावधान हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले जनजीवनसँग सम्बन्धित ऐनलाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका अर्का सदस्य वृशेषचन्द्र लालले न्यायमा सहजता ल्याउने गरी विद्यमान ऐन कार्यान्वयन मापन विधि तय गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

ऐन, कानून कार्यान्वयनको मापन गर्ने जिम्मेवारी पाएको विधायन व्यवस्थापन समितिले मौजुदा ऐन, कानून कार्यान्वयनको मापन विधि र प्रक्रियाका विषयमा छलफल गर्न मंसीर पहिलो साता राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने तयारी पनि गरेको छ ।

shares