Breaking News

खशोग्जी सुपुत्रलाई उन्मुक्ति दिने साउदी निर्णयको अमेरिकाद्वारा स्वागत

काठमाण्डौ, ९ कार्तिक ।

हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका सुपुत्र सलाह खशोग्जी साउदी अरबले यात्रामा लगाएको बन्देज फुकुवा गरेपछि परिवारसहित अमेरिका पुगेका छन् ।

द्वैध साउदी-अमेरिकी नागरिकलाई उन्मुक्ति दिने रियाधको उक्त निर्णयको अमेरिकाले स्वागत गरेको छ ।

विदेशमन्त्री माइक पोम्पेओले सलाहको अमेरिका भ्रमणको स्वागत गर्दै उनको अवस्थाको बारेका जानकारी लिएको प्रवक्ता रोबर्ट पलाडिनोले बताएका छन् । सलाह खशोग्जी अमेरिका फर्किऊन् भन्ने अाफ्नो चाहना पूरा भएकोमा उनले खुसी व्यक्त गरे ।

पिता जमाल खशोग्जीले नेतृत्वको अालोचना गरेपछि सलाहले साउदी छोड्न नपाउने भएका थिए ।

यस हप्ता खशोग्जी हत्याको अारोप लागेका युवराज मोहम्मद बिन सलमानसँग असहज ढंगले सलाहले हात मिलाइरहेको तस्वीर बाहिरिएपछि साउदी नेतृत्वको निकै अालोचना भएको थियो ।

साउदी अरेबियाले इस्तानबुलस्थित आफ्नो वाणिज्यदूतावासभित्र भएको खशोग्जीको हत्या नियोजित भएको स्वीकारेको छ । साथै संयुक्त राष्ट्र संघले पनि पत्रकार खशोग्जीको हत्या गैह्र न्यायिक भएको दाबी गर्दै अाएको छ ।

shares