Breaking News

पीपीएलको पहिलो खेल सुरु, पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्दै (लाइभ)

पोखरा, ९ कार्तिक ।

पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको पहिलो खेल पोखरा पल्टन र विराटनगर टाइटन्सबीच सुरु भएको छ । विराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

पीपीएलकाे उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बलिङ र संघीय संसदका सभामुख कृष्णबहादुर महराले ब्याटिङ गरेर भइसकेको छ ।

विराटनगर टाइटन्सको टिम प्रशिक्षक महेश रिजाल हुन् भने मार्की खेलाडी सन्दिप लामिछाने हुन् । टोलीमा खेलाडीहरू दिपेश श्रेष्ठ, शहाब आमल, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदिप ऐरी, राजु रिजाल, जितेन्द्र सिंह ठकुरी, सुनिल धमला, रविन जोशी, हिमांशु दत्त रहेका छन् ।

त्यसैगरी, पोखरा पल्टन टिमको प्रशिक्षक विनोद कुमार दास हुन् । शरद भेषावकर मार्की खेलाडी रहेको टोलीमा रोहिन कुमार पौडेल, विनोद भण्डारी, नलित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल, मेहबुब आलम, मोहम्मद आशिफ शेख, दिभ्यांशु मल्लिक र इशान पाण्डे समावेश छन् ।

पाेखरा प्रिमियर लिग अन्तर्गत अाज भइरहेको पाेखरा पल्टन र विराटनगर टाइटन्सबीचकाे खेल यहाँ हेर्न सक्नुहुनेछ:-

shares