Breaking News

पीपीएलको पहिलो प्रतिस्पर्धा पोखरा पल्टन र विराटनगर टाईटनबीच हुने

पोखरा, ८ कार्तिक ।

पोखरा प्रिमियर लिग क्रिकेटकाे पहिलाे खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाईटनबीच प्रतिस्पर्धा हुँदैछ ।

सशक्त प्रदर्शन नै जितको मुख्य आधार भएकोले दुवै टिमले उत्तिकै मेहनत गरिरहेका छन् । घरेलु मैदान र टिममा सबै विशेषता भएका खेलाडी सहभागी भएकोले प्रतिस्पर्धाको नतिजा आफ्नो पक्षमा आउने पोखरा पल्टनका कप्तान शरद भेषावकरको विश्वास छ ।

विराटनगर राईनोज सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धामा उत्रनेछ । नेपाली क्रिकेट र पोखरालाई खेल पर्यटन नगरीको रूपमा विकास गर्ने उदेश्यले आयोजित प्रतियोगितामा सहभागी भएर हौसला बढाइदिन खेलाडीले दर्शकलाई आग्रह गरेका छन् ।

आयोजकले क्रिकेट खेलप्रतिको आर्कषण बढाउन भन्दै दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

shares