Breaking News

पीपीएल ट्रफी सार्वजनिक

पोखरा, ८ कार्तिक ।

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको ट्रफी आज सार्वजनिक गरिएको छ ।

पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । करिब तीन लाख लागतमा यो ट्रफी काठमाडौंमा बनाइएको हो ।

ट्रफी अनावरणसँगै छुट्टाछुट्टै डुंगामा सहभागी छ वटै टोलीका मार्की खेलाडीलाई राखेर टिमको झण्डासहित बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

भोलिदेखि सुरु हुने पोखरा प्रिमियर लिगमा सहभागी ६ टोलीको नाम नेपालका ६ शहरको नामबाट जुराइएको छ ।

shares