Breaking News

नेपाल–चीन सम्बन्धलाई भारतले गलत ढ‌ंगले बुझ्न नहुनेमा येचुरीको जोड

काठमाण्डौ, ८ कार्तिक ।

भारतको मार्क्सवादी कम्यूनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले नेपाल–चीनसँग सम्बन्धलाई भारतले गलत ढ‌ंगले बुझ्न नहुने बताएका छन् ।

हिमालय टेलिभिजनसंगको कुराकानीमा भारतीय नेता येचुरीले नेपालकाे भौगोलिक वास्तविकता भारतले स्वीकार्नुपर्नेमा जाेड दिए ।

नाकाबन्दीविरुद्ध भारतकाे संसदमै कडा रूपमा प्रस्तुत भएका येचुरीले दुवै देशका सरकारले सम्बन्ध सुधार भएको बताएपनि सम्बन्ध पूरै सुध्रेको भन्नेमा शंका व्यक्त गरे ।

येचुरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकाे निम्ताेमा अाज काठमाण्डाै अाएका हुन् ।

shares