Breaking News

तीन महिनाभित्र सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु

डोटी, ८ कार्तिक ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ को तीन महिनामा २१ सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।

गत साउन महिनामा चारवटा सवारी दुर्घटनामा तीन जनाको, भदौ महिनामा १४ दुर्घटनामा सात जनाको र असोजमा भएको ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो ।

सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगायत कारणले दुर्घटना बढेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोरा बताउँछन् ।

आव ०७२/०७३ मा भएको १५५ सवारी दुर्घटनामा १२१ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव ०७३/०७४ मा १८४ दुर्घटनामा १३२ ले र आव ०७४/०७५ मा १६४ सवारी दुर्घटनाबाट १६६ ले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

shares