Breaking News

प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न प्रचण्डले दिएको अभिव्यक्ति रणनीतिक: राजपा

काठमाण्डौ, ८ कार्तिक ।

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको अभिव्यक्तिलाई रणनीतिको संज्ञा दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले जनकपुरमा २ नम्बर प्रदेशमा राजनीतिक रणनीतिका लागि नै प्रचण्डले सरकारलाई ‘ओभरटेक’ नगर्न अभिव्यक्ति दिएको टिप्पणी गरे ।

आफू सत्तामा जाने दाउमा संघ र प्रदेशबीच द्वन्द्व चर्काउने रणनीति प्रचण्डको रहेको उनको भनाइ छ । उनले मुलुकमा अराजकताको स्थिति आयो भने यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारको हुने समेत बताए ।

लालले यथाशक्य चाँडो अन्तर प्रदेश परिषदको बैठक डाक्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । उनले संघीय सरकारले मुलुकमा अराजकताको स्थिति सिर्जना गर्न खोजेको पनि आरोप लगाए ।

उनले २ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा त्यस्तो विरोध गर्नुपर्ने के कुरा छ भन्दै प्रश्न समेत गरे ।

shares