Breaking News

नेकपाद्वारा दुई सदस्यीय कार्यदल गठन

काठमाण्डौ, ८ कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरू चयन गर्न र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले प्रदेश कमिटिमा रहने सदस्यहरू चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

नेकपाले प्रदेश कमिटिका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै आजको सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

shares