Breaking News

साफ यू–१५ च्याम्पियनसिप: भारत पाकिस्तानसँग २–१ ले पराजित

काठमाण्डौ, ८ कार्तिक ।

साफ यू–१५ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भारत पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा आज भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पारजित गरेको हो । पहिलो हाफको ३१ औं मिनेटमा अन्दान जस्टीनको गोलमार्फत पाकिस्तानले सुरुआती अग्रता लिएको थियो ।

खेलको ५३ औं मिनेटमा भारतका थलाचुईले गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्‍याए । पाकिस्तानका लागि वासिफले ८५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान छन् । श्रीलङ्का प्रतियोगितामा सहभागी छैन । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बंगलादेशसँग शनिबार खेल्नेछ ।

प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ ।

shares