Breaking News

तमिलनाडु विधानसभाका १८ विधायक अयोग्य ठहर

भारत, ८ कार्तिक ।

भारतको मद्रास उच्च अदालतले तमिलनाडु विधानसभाका १८ विधायकलाई अयोग्य ठहर गरेको छ ।

सत्तारुढ एआईए डिएमकेका १८ जना विद्रोही विधायकलाई अयोग्य ठहर गर्ने विधानसभा अध्यक्षको निर्णयलाई मद्रास उच्च अदालतले सदर गरेको हो । अयोग्य ठहर १८ विधायकको चुनाव क्षेत्रमा उपचुनाव गराउन नपाउने गरी लगाइएको प्रतिबन्ध पनि अदालतले हटाएको छ ।

अदालतको फैसलाले पलनीस्वामीको सरकारलाई ठूलो राहत मिलेको छ । एआईए डिएमकेका विद्रोही नेता दिनाकरनलाई भने झड्का लागेको छ । १८ विधायकले आफ्नो सदस्यता रद्द गरिएको विरोधमा अदालतमा मुद्दा दर्ता गरेका थिए ।

अयोग्य ठहर विधायकसँग सर्वोच्च अदालतमा पुनरावेदन गर्ने वा उनीहरूले फेरि चुनाव लड्नु पर्ने विकल्प छ । चुनाव भए आफूले जित्ने दिनाकरनको दाबी छ ।

shares