Breaking News

बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानी अनुदान

काठमाण्डौ, ८ कार्तिक ।

जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएकाे छ ।

सहयोग सम्बन्धी सम्झौता पत्रमा अाज अर्थमन्त्रालयमा अर्थमन्त्रालयका सचिव राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरे ।

जापान सरकारले नै बनाइदिएको काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को भूकम्पले क्षति पुगेको थियाे ।

कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको छ । त्यसको पुनर्निर्माणको काम अब छिट्टै सुरु हुनेछ ।

shares