Breaking News

नेकपा केन्द्रीय सचिवालय बैठक जारी

काठमाण्डौ, ८ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बसिरहेकाे छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास वालुवाटारमा जारी बैठक पार्टी संगठनहरूको एकीकरण, केन्द्रीय आयोग र विभागहरूको गठनबारे केन्द्रीत हुनेछ।

जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा बनाइएको मापदण्ड उल्लंघन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका छन् ।

बैठकमा पार्टी, संसद, सरकार सञ्चालन, सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्य विभाजनबारे पनि छलफल हुने जनाइएकाे छ । यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमा समेत छलफल हुने कार्यसूची छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल चीन भ्रमणमा रहेकोले सात जनाको बैठक बसेको छ।

यसअघि साेमबार बसेकाे बैठकमा सचिवालय सदस्य नेपालकाे असन्तुष्टि पत्रमाथि छलफल भएकाे थियाे ।

shares