Breaking News

भाकपाको महासचिव सीताराम यचुरी काठमाण्डौमा

काठमाण्डौ, ८ कार्तिक ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाण्डौ आएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा यचुरी बिहीबार बिहान काठमाण्डौ आइपुगेका हुन् । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो नेपाल बसाइ दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए ।

नेपाल बसाइको क्रममा यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । उनले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रममा सहभागी भएपछि महासचिव यचुरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

shares