मोरङकाे रंगेली र सुनवर्षि नगरपालिकामा निर्वाचन अधिकृत कार्यालय स्थापना

मोरङ्ग, जेठ १५ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि मोरङ्गको रंगेली र सुनवर्षि नगरपालिकामा आफ्नो कार्यालय स्थापना गरी काम सुरु गरेको छ ।

१७ स्थानीय तह रहेको मोरङ्ग जिल्लामा यस अधि नै अधिकृतको कार्यालय स्थापना गरी काम थालिएता पनि पहिलो चरणमा ३ प्रदेशमा मात्र निर्वाचन हुने भएपछि वैशाख १२ गते जिल्लाका सबै कार्यालय बन्द गरिएका थिए ।

दोस्रो चरणको निर्वाचनका लागि आयोगले पुनः कार्यालय स्थापना गरी निर्वाचन अधिकृत समेत स्थानीय तहमा खटाएको छ । आयोगले रंगेलीमा पुण्य प्रसाद पाठक र सुनवर्षि नगरपालीकामा टंक प्रसाद पन्थीलाई निर्वाचन अधिकृत जिम्मा दिएको छ ।

कार्यालय स्थापनासँगै निर्वाचन आयोगको निर्देशन बमोजिम उम्मेदवारको मनोनयन दर्ता सहित मतदाता परिचय पत्र वितरण लगायत नमुना मतदान गराई स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत पुण्य प्रसाद पाठकले बताए ।

shares