Breaking News

साफ यू–१५ च्याम्पियनसिपमा नेपाल र मालदिभ्स भिड्दै

काठमाण्डौ, ८ कार्तिक । साफ यू–१५ च्याम्पियनसिपमा नेपाल र मालदिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसाे तीन बजे हुने खेल जितेर नेपाल सुखद सुरुवात गर्ने याेजनामा छ । नेपाली टाेलीका मूख्य प्रशिक्षक सनाेज श्रेष्ठले राम्राे तयारी भएकाले उपाधि जित्ने तयारी रहेकाे बताएका छन ।

दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगितामा समूह एमा रहेकाे नेपालले बंगलादेश र माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह बीमा भारत, भुटान र पाकिस्तान छन् ।

अाजै बिहान साँढे ११ बजे भारत र पाकिस्तानबीच खेल हुनेछ ।

प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ ।

अायाेजक अखिल फुटल स‌ंघ एन्फाले प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६५ लाख खर्च लाग्ने अनुमान गरेको छ । साफले यू–१५ च्याम्पियनसिपका लागि १ लाख ४० हजार डलर दिएको छ ।

shares