Breaking News

नेकपाको विवादबारे अायोगको निर्णय अाज अाउने

काठमाण्डौ, ८ कार्तिक ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा अाज निर्णय गर्ने भएकाे छ ।

अायाेग कार्यालय कान्तिपथमा बिहान ११ बजे बस्ने प्रमुख अायुक्त र अायुक्तहरूकाे बैठकले निर्णय गर्ने आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग हिजाे आयोगले छलफल गरेको थियो ।

दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन बुधबार दिउँसो दुई घन्टाको समय दिएको थियो । छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले नाम पाउनुपर्ने दाबी गरेका थिए ।

shares