Breaking News

पोखरा प्रिमियर लिग विजेताले २७ लाख नगद पाउने

काठमाण्डौ, ७ कार्तिक ।

शुक्रबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग पिपिएलको विजेताले २७ लाख नगद पाउने भएको छ ।

आयोजक क्विन्स ईभेन्टस् प्रा.लि.ले पिपिएलको विजेतालाई नगद २७ लाख प्रदान गर्ने घोषणा गरेको हो । त्यस्तै उपविजेताले १० लाख नगद प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन् ।

प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर मोटरसाइकल पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ र ५ हजार नगद बराबरको गिफ्ट ह्याम्पर पनि जित्ने छन् ।

प्रतियोगिता अन्तर्गत हरेक खेल विजेता टोलीले बोनस स्वरुप १५ हजार ५ सय नगद प्राप्त गर्नेछ । त्यस्तै, क्लियर क्याच विजेता र कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडीले सुविसुको गिफ्ट ह्यापर पाउनेछ ।

पोखरा रंगशालामा कात्तिक २० गतेसम्म चल्ने पिपिएलमा ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् । खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।

shares