Breaking News

लेक लागेर कांग्रेस नेताको मृत्यु

लमजुङ, ७ कार्तिक ।

चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको लेक लागेर मृत्यु भएको छ ।

मनाङको तिलिचो ताल घुम्न गएका पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति ३५ वर्षीय सरोज अधिकारीको बुधबार मृत्यु भएको हो ।

तिलिचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । पोखराबाट यही कात्तिक ४ गते बिहान ७ जना साथीसहित अधिकारी मनाङको यात्रामा निस्किएका थिए ।

तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि आज बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । अधिकारीको शव परीक्षणका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ ।

shares