Breaking News

भारतको सर्वोच्च अदालतले दियो पटाका पड्काउन छुट

काठमाण्डौ, ७ कार्तिक ।

दिपावलीमा पट्का पड्काउन चाहनेहरूलाई भारतको सर्वोच्च अदालतले केही शर्तसहित छुट दिएको छ ।

पटाकाको बिक्रीमा रोक लगाउने कुरालाई अस्वीकार गर्दै अदालतले दिपावलीमा राती ८ बजेदेखि १० बजेसम्म ग्रीन पटाका पड्काउन छुट दिएको हो । अदालतले ग्रीन पट्काबाहेक अन्य पट्का पड्काउन भने रोक लगाएको छ ।

कुनै क्षेत्रमा ग्रीनबाहेक अन्य पट्का पड्केको भेटिएमा त्यसको जिम्मेवार सम्बन्धित क्षेत्रको प्रहरीलाई ठहर्‍याइने पनि अदालतले जनाएको छ । ग्रीन पट्काले अन्य सामान्य पटाकाले भन्दा आधा मात्रै प्रदुषण फैलाउने बताइएको छ ।

shares