Breaking News

सोफी रक्सी बरामद

महोत्तरी, ७ कार्तिक ।

नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले आज एउटा मारुती भ्यानमा रहेका ८०० पोका सोफी रक्सी बरामद गरेको छ ।

जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २५० एमएलकोसोफी रक्सी लादी भारततर्फ जाँदै गरेको अवस्थामा सीमा सुरक्षाका लागि गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले रक्सी बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

मारुती भ्यानमा रक्सी बोकी नेपालबाट भारततर्फ जाँदै गरेको मारुती भ्यान चालक प्रहरीलाई देखेर सीमा नजीकै नेपालतर्फ भ्यान छाडी भागेपछि प्रहरीले ती भ्यान र रक्सी बरामद गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको प्रहरी उपरीक्षक कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

बरामद भएका रक्सी र मारुती भ्यान आवश्यक कारबाहीका लागि क्रमशः आन्तरिक राजश्व कार्यालय जनकपुर र मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

shares