Breaking News

गौतमबुद्धको अस्तु धातुको सार्वजनिक प्रदर्शनी

ललितपुर, ७ कार्तिक ।

भगवान गौतमबुद्धको अस्तु धातु (सर्वज्ञ धातु) को सार्वजनिक प्रदर्शनी भएको छ ।

आनन्दकुटी बिहारबाट ल्याई आज ललितपुरको कुपण्डोलस्थित अक्षेश्वर महाविहारमा कोजाग्रत पूर्णिमाको अवसरमा भगवान बुद्धको अस्तु धातुको सर्वसाधारणलाई दर्शनको लागि प्रदर्शन राखिएकाे हाे । अस्तधातु प्रर्दशनको लागि बिहार परिसरमा बिहानैदेखि सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बिहारले हरेक वर्ष आज गोजाग्रत पूर्णिमाको दिन सर्वसाधारणलाई बुद्ध अस्तु धातु सार्वजनिक प्रदर्शन गराउँदै आएको छ । अस्तु धातुलाई सर्वज्ञ धातु पनि भन्ने गरिन्छ । बुद्ध अस्तु धातुलाई श्रीलंकाबाट अमरपुर संघ सभाका सभापति श्रीलंकाबाट २१ वर्ष अघि ल्याइएको थियो ।

भगवान बुद्धले आजकै दिन बुद्धत्व प्राप्त गरी आफ्नो आमालाई भेटेको शुभदिनको सम्झना गर्दै हरेक वर्ष बिहारले सर्वसाधारणलाई दर्शनको लागि प्रर्दशनमा राखिने गरेको अक्षेश्वर महाविहार संरक्षण समितिका अक्ष्यक्ष राजेश शाक्यले बताए ।

यसअघि लुम्बिनीमा बुद्धजयन्तीको अवसरमार बुद्धको अस्तधातु प्रर्दशन गरिएको थियो । अस्तुधातु भनेको भगवान बुद्धले महापरीनिर्वाण पछि उनको अन्तिम संस्कार क्रियापछि शरीरका विभिन्न भागबाट धातु बनाइएको हो।

shares