Breaking News

दुईवटा नेपाल कम्युनिष्ट पार्टीको नामकाे विवादबारे आयोगद्वारा छलफल

काठमाण्डौ, ७ कार्तिक ।

दुईवटा नेपाल कम्युनिष्ट पार्टीको नामकाे विवादबारे निर्वाचन आयोगले छलफल गरेको छ ।

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषि कट्टेल नेतृत्वको नेकपाले दिएको उजुरीमाथि आयोगले दुवै पक्षलाई बोलाएर छलफल गरेको हो ।

छलफलमा कट्टेल नेतृत्वको नेकपाका नेताहरूले सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपालाई नाम परिर्वतन गर्न आग्रह गरे पनि सत्तारुढ नेकपाले त्यसलाई अस्वीकार गरेको छ । सत्तारुढ नेकपाका नेता मुक्ति प्रधानले पार्टीको नाम नजुधेको भन्दै नाम यथावत राख्ने बताए ।

तर, कट्टेल नेतृत्वको नेकपाका सचिवालय सदस्य कृष्णहरि भट्टले सत्तारुढ नेकपाले आफूहरूको अस्तित्व समाप्त पार्न लागेको भन्दै पार्टीको नाम परिर्वतन गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगले दुवै पक्षलाई आपसी छलफल गर्न समय दिएको छ । नेताहरूको छलफलपछि निर्वाचिन आयोगले आजै यसबारे निर्णय गर्नेछ ।

गत २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको कट्टेल नेतृत्वको नेकपाले उजुरी दिएको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि २०७५ जेठ ११ गते निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दर्ता भएको थियो ।

shares