Breaking News

अाज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, ७ कार्तिक ।

एएफसी अण्डर नाइन्टिन महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह बी को पहिलो खेलमा नेपालले आज आयोजक थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

थाईल्याण्डको चोनबुरी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे नेपालले तुलनात्मक रूपमा बलियाे टोली थाईल्याण्डसँग खेल्न लागेको हो । समूह बी को उपाधि दाबेदार थाईल्याण्डलाई हराउँदै नेपालले दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको छ ।

खेलअघि आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले थाईल्याण्डसँग कम्तीमा बराबरीका लागि खेल्ने बताए । प्रतियोगिताको दोस्रो चरण पुग्ने नेपालको सम्भावना बलियो भन्दै प्रशिक्षक श्रेष्ठले थाईल्याण्डविरुद्ध अंक खोस्ने योजना सुनाए ।

यसपटक नेपाली टोलीमा भुटानमा सम्पन्न महिला यु १८ साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । छनोट चरण अन्तर्गत नेपालले दोस्रो खेल बिहीबार भारत र शनिबार पाकिस्तानविरुद्ध खेल्नेछ ।

shares