Breaking News

संस्कृतिविद् जोशीको हातबाट कलाकारहरूले लगाए टीका

काठमाण्डौ, ७ कार्तिक ।

आज टीकाको अन्तिम दिन युग पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले कलाकार तथा साहित्कारहरूलाई टीका लगाइदिएका छन् ।

संस्कृतविद् जोशीले आज कोजाग्रत पूर्णिमाका दिन काठमाडौंमा एक कार्यक्रमका बीच कलाकारहरूलाई आशिर्वादसहित टीका लगाइदिएका हुन् । टीका ग्रहण कार्यक्रममा नेपालका अग्रहज कलाकारहरू, साहित्कारहरू,चलचित्र निर्माता तथा नव कलाकारहरूले उनको हातबाट टीका ग्रहण गरेका थिए ।

हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन काठमाडौंको अनामनगरस्थित ज्ञियर थ्रेटर प्राङ्गढमा युग पुरुष एवम् संस्कृतिविद् जोशीले कलाकारहरूलाई टीका लगाइदिंदै आएका छन् ।

shares