Breaking News

नेकपाको सचिवालय बैठक अाज बस्दै

काठमाण्डौ, ७ कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने बताइएको छ ।

पार्टीका तल्ला कमिटीहरूको एकतालगायत विषय अझै टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा तल्ला तहमा अन्योलता सिर्जना भएको छ ।

नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि विवादरहित बन्न सकेन । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति दर्ज गराएका छन् ।

आजको बैठकमा सरकारको काम कारबाहीका विषयमा पनि गम्भीर समीक्षा हुने नेताहरूले बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक साक्षत्कारमा नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मन्त्रिपरिसद् सदस्य हेरफेरबारे छलफल हुने बताएका थिए ।

shares